बालअधिकार महासन्धिले १८ वर्षमुनीका सबैलाई बालबालिका भनेर चिन्छ । नेपालमा २०७२ को विधानले बालबालिकाका हकलाई मौलिक हकमा समावेस गर्यो । संविधानमा भएका अधिकार प्रवद्र्धन गर्न बालबालिका ऐन ७५ आयो । ऐनले गरेका व्यवस्था कार्यान्वयन गर्न बालबालिका सम्बन्धी नियमावली २०७८ कार्यान्यनमा नै छ । स्थानीयदेखि संघीय तहसम्म बालबालिकाका हकअधिकार प्रचलनमा थुप्रै कामहरु भइरहेका छन् र बालअधिकार सुनिश्चित गर्न कयौ सामाजिक संस्थाहरु पनि सक्रिय नै छन् । खासगरी १८ वर्षमुनीका मानिसलाई बालबालिका भनियो तर २० वर्षपारी विहेवारी भन्ने कुरालाई हेर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गरे गराइए त्यसलाई बाल विवाह भनिन्छ र नेपालको अहिलेको कानुनले २० वर्षमुनीको विवाहलाई वर्जित गरेको अवस्था हो । सरकार आफैले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८० लागू गरेको छ । रणनीतिमा २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने लक्ष छ । 

 विवाहको उमेर घटाउने सवाल कती व्यवहारिक छ ? 

२०७८ को जनगणना अनुसार १५ देखि १७ वर्ष उमेरकाले करिब २२ प्रतिशतले विवाह गरेका छन भने १० देखि १४ वर्ष उमेरका ७ प्रतिशतले विवाह गरेको देखिन्छ । सानै उमेरमा विवाह गर्नेमा निमुखा वर्गका बालबालिकाहरु दलित सिमान्तकृत समुदायका विशेषगरी तराई मुलका मधेश क्षेत्रमा सानै उमेरमा विवाह गर्ने बालबालिकाहरु उल्लेखीय रुपमा अझै छन् । कति पयको बुझाइमा विवाहको उमेर घटाइयो भने बलत्कार कम हुने र बालविवाहको अवस्थामा पनि न्युनिकरण हुने आधारहित तथ्यहिन तर्क गरेर भ्रमित बनाउने र बालबालिकाको अवस्थालाई झन जोखिमतिर धकेल्ने प्रयत्न हुने संका छ । के विवाहको उमेर घटाएर बालविवाह अन्त्य हुन्छ त ? विवाह गर्नलाई शारीरिक र मानसिक रुपमा परिपक्व हुनुपर्छ भन्ने सर्वव्यपी मान्यता हो । परिपक्व नहुँदै गरेको विवाहले बाचुन्जेल पीडा र दुख सिवाय केही नदिएका उदाहरण समाजमा वेग्रल्ती छन् । 

२०१८ मा युनिसेफले विश्वका ८२ वटा मुलुकमा गरेको अनुसन्धानमा भनिएको छः ‘बालविवाह भएका बालकहरूले उमेर नपुग्दै वयस्कहरूको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ, । बालविवाह भएका बालकहरूले छिट्टै बाबुको भूमिका निभाउनु पर्ने साथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरहरूबाट वञ्चित हुन्छन् । अझ विशेषगरी भन्दा बालकमा भन्दा यो अवस्था बालिकामा बढी भएको भनिएको छ । यसबाट पनि विवाहको उमेर घटाउदा पर्ने असर भयावह हुन्छ । नपाकेको भात खायो भने डाइरिया हुन्छ पेट दुख्छ हो त्यही विवाहको उमेर १८ वर्ष बनाउनु भनेको नपाकेको भात हो जसले बालबालिकाको जीवनलाई नै छिद्रछिद्र बनाउँछ । सानैमा विवाह गरेका पढदापढदै भागी विवाह गरेका कयौ जोडिहरुको उमेर पुगेपछि बुझ्ने भएपछि सम्बन्ध विच्छेद भएका थुप्रै उदाहरण छन् । पन्ध्र सत्र वर्षमा विवाह गर्ने २१ वर्षको हुँदा डिभोर्स गर्ने या त एकअर्काबाट अलग्गीने चरम प्रवृत्ति जिउदै छ । समय धेरै अगाडी बढेको छ अहिले हजुरआमाहरुले ९ वर्षमा गरेको विवाहलाई अहिले आधार मान्नु पुरातन सोचको परकाष्ठ नै हो । हिजो हाम्रो हजुरआमाले भन्नुहुन्थ्यो तिमीहरुको उमेरमा र एक माना घिउ घटघट पारेर दाउरा घाँस गरिन्थ्यो, के आजका मान्छेले एकमाना घिउ घटघट पार्न सक्छन् । ठाडै डाइरिया भएर इमेरजेन्सीमा भर्ना हुनुपर्छ । यसको अर्थ हिजोको समय हिजोको अभ्यास आज थोत्रा भए पूराना भए आज भनेको आजै हो समय अनुसारको परिवर्तनमा सबै सवाललाई ढाल्दै अभ्यासमा लाने हिम्मत आजको पुस्ताले देखाउनु पर्दछ । शिक्षाको पहुँचको कुरा गर्दा पनि विवाह १८ मा झार्ने आधार फिट हुँदैन । सरासर अध्ययन गर्दा पनि स्नात्तकोत्तर गर्दा उमेर २१ वर्षको हुन्छ । त्यो भन्दा अगाडी विवाह गर्दा पारिवारिक जन्जालमा रुमालिने हुँदा शिक्षा अवसर रोजगार मेचुरीटि सबै कुराबाट पछाडी हुने पक्का छ । 

बालविवाहलाई संविधानले वर्जित गरेको विवाहको उमेर हद २० वर्ष तोकेर कानुन कार्यान्वयनमा आएको करिब नौ वर्षपछि सरकारलाई एक कदमपछि फर्कन उपसमितिले सुझाव दिनु नै पश्वगामी चेतको भ्रमित कथा भन्दा केही हैन । सानै उमेरमा उमेर नपुगी विवाह गर्ने शारीरिक रुपमा पर्ने असर उमेर नपुगी जन्मिएको शिशुको मृत्यदर उच्च भएको कुरालाई लेखाजोखालाई पनि ध्यान दिन जरुरी छ । उमेर नपुगेकी आमाबाट जन्मीएका बालबालिकाको हुर्काइको समस्या सामाजिक रुपमा समस्या त्यसता बालबालिका शरीरिक विकासमै समस्या देखिएका धेरै तथ्यहरु छन् । कुनै पनि बालक वा बालिका अझ विशेष गरी बालिका त झन २० वर्ष पारगरेपछि मात्र परिपक्व हुने कुरा कुनै अनुमानले भनिएको हैन विभिन्न चरणमा गरिएका अध्ययन अनुसन्धानले सुझाएका विषय हुन् । त्यसकरण कुनैपनि कोणबाट विवाहको उमेर कम गर्ने गरिएका तर्क विचार सुझाव आधारयोग्य छैनन र हुनु पनि हुदैन । बालबालिकाको क्षेत्रमा बालबालिकाको अक अधिकार कार्यान्वयन गर्ने सवालमा सिङगो मुलुक नै विस्तारै गतिमा छ भने फेरी पछाडी धकेलिनु र उल्टो केही अमान्य अभ्यासका आधारमा पछाडी फर्कनुपर्छ भन्नु कानुनकै धज्जी उडाउनु हो । सम्मानपूर्वक पारिवारिक तथा सामाजिक जीवनयापन गर्न पनि कलिलो उमेरमा विवाह गर्न हुँदैन । 

सम्मानपूर्वक जीवनका सवाल धेरैजसो हामीले बालिकाको शैक्षिक हैसियत, छनोटप्रतिको प्रतिवद्धता, आफूमाथि भएको विभेद विरुद्ध उभिन र लड्न सक्ने मनोबलसँग जोडेर व्याख्या गर्नु पदर्छ । सानैउमेरमा गरेका विवाहले पार्ने असरका व्यपकताहरुलाई नजिकबाट बालबालिकालाई बुझाउन सकियो भने उनीहरु भागेर विवाह गर्ने सानै उमेरमा लभ गर्ने प्रवृत्तिबाट टाढिन सक्छन् । बालबालिकाहरुलाई जीवनउपयोगी सिप लगायतका रुपान्तरणका व्यापक कार्यक्रम साथै अभिभावकको निगरानी शिक्षकको गाइडेन्स् साथै साथीसंगतको पहिचानमा ध्यान दिन सकियो भने उनीलाई परिपक्व नभइकन गर्न नहुने कामबाट टाढा पार्न सकिन्छ । धेरैको तर्क छ स्कूलमा भागेर विवाह गर्ने लभ गर्ने बाबुआमाले नदिए पनि आफै जब्बर भएर सानैमा विवाह गर्ने यो तर्कको कुनै तुक छैन । हाम्र बालबालिका कनि यसता हुँदैछन ? यसका कारण के हुन ? बालबालिकालाई अभिभावकको समय कति छ ? बालबालिकाको संगत को सँग छ ? भन्ने कुराको खोजी गर्ने हामीलाई समय नै हुँदैन यदि समय भइहाले पनि खोजी गर्ने उपाय नै सहि हुँदैन अनि कसरी हामीले चाहे जस्तो सन्तान बनाउन सकिन्छ छ । यी र यसता सामान्य भन्दा सामान्य कुराले म्याटर गरेको हुन्छ बालबालिकाको जीवनमा अनि विवाह गरे भने लभ गरे बलत्कार भयो भनेर रोइलो गर्नुको अर्थ छैन । हुँदा हुँदा कलिलो उमेरमा विवाह गर्दा हुनसक्ने समस्याको विषयमा समाजलाई पहिला नै जानकारी भइसकेको सामान्य ज्ञानसम्मको ख्याल नभएका असंवेदनशील मानिसहरू झुन्ड देशको नीतिनिर्माण तहमा पुगेका रहेछन भन्ने कुरा पक्का नै भयो ।