काठमाडौं - फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन केपी ओली कपको फाइनल खेल हेर्नका लागि दशरथ रंगशाला पुगेका छन्। उनी केपी ओली कप फुटबलको प्रमुख अतिथि पनि हुन्।

विश्वप्रख्यात गोलरक्षक बफोनलाई घरेलु दशरथ रंगशालामा देख्दा दर्शकमात्र होइनन् खेलाडीहरु निकै खुशी र उत्साहीत देखिन्छन् ।  बुफोनले रङ्गशालाको ट्रयाकमा घुमेर नेपाली समर्थकलाई हौसला प्रदान गरेका थिए । प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले बुफोनलाई पाहुनाको रूपमा नेपाल निम्त्याएको हो ।  बुफोन आइतबार नेपाल आएका हुन् ।