युगान्डामा आगामी साता हुने महिला टी-ट्वेन्टी आई शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

मार्च दोस्रो सातादेखि युगान्डा क्रिकेट एसोसिएनको आयोजनामा चार देश सम्मिलित शृंखलामा नेपाली टोली सहभागी हुनेछ । मार्च ८ देखि १६ सम्म युगान्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउन्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।

इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको टोलीमा यू-१९ विश्वकप खेलेका सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् ।

नेपालले गत महिना घरेलु मैदानमै थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ३-३ खेलको शृंखला खेलेको थियो ।

यसैगरी टोलीमा विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमति ऐरी, कविता जोशी, रुविना क्षेत्री, अलिशाकुमारी यादव, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन् ।