अमर के.सी

जसरी एक एक मिलेर विशाल ब्रहमण्ड बनेको छ । त्यसरी नै एक एक व्यक्ति मिलेर समाज तथा समाज समाज मिलेर सर्वाङ्कण राष्ट्रको निर्माण भएको हुन्छ । त्यसै गरी समाजको एकीकृत समिश्रणबाट निर्मित राष्ट्रमा राष्ट्रिय अगंहरुको समुच्च संरचना रहेको छ ।
अग्रगामी राष्ट्रवादले १) राष्ट्र प्रमुख २) सेना र सुरक्षा ३) सिमाना ४) नागरिक ५) कोष ६) व्यवस्थाका एकीकृत अगंका शक्तिपुञ्ज राज्यबाट राष्टको संरचना हुन्छ भन्ने मान्यता राख्दछ । यी सबै राष्ट्रका अगंहरुलाई सन्तुलति बनाई राज्य संचालन गर्नु नै राजनैतिक सक्षम कार्य प्रणाली हो । जसले सन्तुलित राज्य व्यवस्था स्थापित गर्दछ ।

राष्ट्र प्रमुख
राष्ट्रको संरक्षक र राष्ट्रिय स्तम्भको रुपमा राष्ट्र प्रमुखको भुमिका रहेको हुन्छ । समग्र राष्ट्रको जटिल र संकटकालनि अवस्थामा संरक्षकको रुपमा देशको संरक्षण सम्वद्र्धन गर्ने अधिकार राष्ट्रको प्रमुखमा निहित गरेको हुनुपर्दछ । विश्वमा दूई प्रकारका राजनिितक संरचनाबाट राष्ट्रको प्रमुखको व्यवस्था भएको छ । 
परम्परागत राष्ट्र प्रमुख
जसले राजसंस्थाको भुमिकाबाट देशको  वागडोेरलाई सन्तुलन गर्दछ । राजसंस्था राष्ट्रवादी शक्तिको रुपमा स्थापित हुने गर्दछ । माटो र राजगद्यीका कारण राष्ट्र राष्ट्रियता र राष्ट्रवादको पक्षमा राजसंस्थाको भुमिका सदैव सम्मानित रुपमा स्थापित भएको हुन्छ ।

आधुनिक वा निर्वाचित राष्ट्र प्रमुख 
जसले जनताको जनमतबाट प्राप्त मताधिकार अनुसार राष्ट्रमा आफनो भुमिका निर्वाह गर्दछ । निर्वाचित राष्ट्र प्रमुखको कार्यक्षेत्रमा सवैधानिक व्यवस्था अनुसार आलंकारिक वा कार्यकारी अधिकार सहितको अधिकार निहित हुन सक्दछ । राष्ट्रको मौेलिकता, धर्म, संस्कृति र परम्परम तथा भौगोलिक एवं छिमेकी राष्ट्रको सगैको राजनितिक शक्ति सन्तुलनको आधारमा रहेर राष्ट्रियताको आवश्यकता र महत्वको आधारमा राष्ट्र प्रमुखलाई स्थापना गरेको हुनुपर्दछ । समग्र मुलुकको राष्ट्रियता र राष्ट्रिय एकता तथा समानतको सुत्रलाई समेट्ने गरी राष्ट्रको प्रमुख भुमिकालाई संविधानत  स्थापित गरेको हुन्छ । राष्ट्र प्रमुख दलीय सिद्धान्त र पदीय स्वार्थका निम्ति स्थापना गर्ने पद हुन सक्दैन । अत राष्ट्र प्रमुख कुनै दलीय सिद्धान्तको आधारमा हिड्ने ,राख्ने , र हटाउने वस्तु पनि कदापि हुन सक्तैनन् । यसको मौलिकता र भुमिका राष्ट्र राष्ट्रियता तथा राष्ट्रिय हित र स्वार्थका परिप्रक्षेमा मात्र लागु हुन सक्छ ।

राष्ट्रको सन्तान नागरिक हुन्छन् । नागरिकहरुको समान समाज राष्ट्रिय समाज देश हुन्छ । समग्र रुपमा देश नै राष्ट्रिय परिवार हुने हुदाँ देश परिवारको सन्ताको दर्जा ,संज्ञा र पहिचान पनि समान हुन्छन् । तसर्र्थ कर्मको आधारमा मात्र उनीहरुले आफनो पृथक स्थान, पहिचान र सामाथ्र्य प्राप्त गर्न सक्दछन् र कर्म कै आधारमा मात्र नागरिक परिचित हुनुपर्दछ । त्यसैको आधारमा मात्र राष्ट्रको आफनो नागरिकहरुलाई चिनेको हुनु पर्दछ ।