काठमाडौं - महिला टी २० आई त्रिकोणीय क्रिकेट श्रृखला २०२५ सम्पन्न भएको छ ।
प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले श्रृंखलाकी उत्कृष्ट नेपाली खेलाडीलाई उनको अविश्वसनीय योगदानको प्रशंसास्वरूप ब्रान्ड न्यू यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ ।
फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पूजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन्। यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक हो ।
यो प्रतियोगिता नेपालमा महिला क्रिकेटको बढ्दो लोकप्रियताको प्रमाण हो भने यामाहा नेपालले असाधारण प्रतिभाको पहिचान गर्न र उनलाई पुरस्कृत गर्न पाउँदा सम्मानित अनुभव गरेको छ । यामाहा नेपाल यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्दछ र खेलाडीहरूलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई उकास्ने हरेक प्लेटफर्मलाई समर्थन गर्न प्रतिबद्ध छ ।
यो प्रायोजन र कदरसँगै यामाहा नेपाल मैदान भित्र र बाहिर दुवैमा प्रदर्शन, जोश र दृढताप्रतिको आफ्नो समर्पणलाई सुदृढ पार्दै नेपालको खेलकुद क्षेत्रसँगको आफ्नो सम्बन्ध बलियो बनाउन क्रियाशील छ ।
श्रृंखलाकी सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित छ जसले यसलाई प्रतियोगिताभरि छाएका स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनहरूको लागि एक उत्तम सवारी बनाउँछ ।
एमएडब्लू अन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताको लागि परिचित नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो । नेपाली बजारमा बलियो उपस्थिति भएको यामाहा खेलकुदलाई समर्थन गर्न, युवाहरूलाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभवहरू प्रदान गर्न सधैं प्रतिबद्ध छ । त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको थियो ।



0 comment