काठमाडौं - भारतीय महिला टोलीले आईसीसी महिला यु-१९ टी-ट्वेन्टी विश्वकपको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा आइतबार दक्षिण अफ्रिकासँग खेलिएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै विश्वकप जितेको हो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दिएको थियो ।
त्यसपछि भारतीय टोलीले ८.४ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो ।
भारतका लागि त्रिशा गोंगाडीले तीन विकेट, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले दुई-दुई विकेट लिइन् ।
भारतीय टोलीका लागि ब्याटिङमा त्रिशा गोंगाडीले सर्वाधिक रन (४४) बनाइन् ।



0 comment