काठमाडौं - विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको जनाएको छ ।

भागदौडमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । प्रयागराजस्थित महाकुम्भमा भागदौड मच्चिँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । कम्तीमा १५ जनाको शव अस्पताल ल्याइएको छ ।  

हताहतीको संख्या अझै बढ्न सक्ने बताईएको छ ।  धेरै घाइतेहरूलाई तत्काल उपचारको लागि मोतीलाल नेहरु मेडिकल कलेजमा लगिएको समाचार छ।

मौनी अमावस्याको अवसरमा अमृत स्नानका लागि त्रिवेणी सङ्गमको घाटमा ठूलो भीड लागेको बेला उक्त घटना भएको हो । अनुमानित ८ देखि १० करोड भक्तजनहरू भेला भएका थिए जसले गर्दा अत्यधिक भीड भाड भएको थियो।