काठमाडौं - श्रीलङ्कामा भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।
प्रकोपका कारण श्रीलङ्काका २७ हजार ७३३ परिवारका ९२ हजार ३८२ भन्दा बढी प्रभावित भएको डीएमसीले जनाएको छ ।
शनिबार देशका धेरैजसो स्थानमा ७५ मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारले प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न आवश्यक सबै कदम चालिरहेको जनाएको छ ।


0 comment