काठमाडौं - निलम्बनमा परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिन हिरासत राखिने भएको छ। 

सियोल अदालतले योललाई थप २० दिनसम्म हिरासतमा राख्न राख्न अनुमति दिएको हो । युन सुक योललाई गत बुधबार पक्राउ गरिएको थियो।

युन सुक योलविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित गरी पदबाट निलम्बन गरिएको हो।युनलाई अब राष्ट्रपतिमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न संवैधानिक अदालतले महाभियोगको सुनुवाइ गरिरहेको छ।