काठमाडौं - प्यालेस्टाइनी विद्रोही समूह हमासले पहिलो चरणमा रिहा हुनेको सूची सार्वजनिक गरेको छ । हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको हो । हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पहिलो चरणमा नछुट्ने भएका छन् ।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमण विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर राखेको छ । विपिनको रिहाइका लागि वर्तमान सरकारका परराष्ट्रमन्त्री आरजु राणाले चासो राख्दै विभिन्न देशका कूटनीतिक प्रमुखसँग छलफल गर्दै आएकी छन्।

तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।युद्धविराम सम्झौता लागू भएसँगै हमासले ३३ जनाको सूचीबाट तीन जनालाई रिहा गर्ने गर्दै छ ।