ब्रसेल्सको मुटुमा रहेको दरवार स्क्वायर क्षेत्र अवलोकन गर्ने काम सकिदा दिनको दुई बजेको थियो । जर्मनी फर्कनु अघि अब मेरो अन्तिम गन्तब्य भनेको लक्जेमवर्ग जानु थियो । तसर्थ म लागे पुन ब्रसेल्स रेलस्टेशन तिर । २ः३० मा ब्रसेल्सबाट छुटेको रेल दिनको ४ः५० मा लक्जेमवर्ग शहर आइपुगेको थियो । रेलवे स्टेशनमा रहेको पर्यटन सूचनाकेन्द्रमा त्यहाँको ऐतिहासिक महत्वको स्थान बारे वुझ्दा त्यहाँको विश्व सम्पदा मानिने पेट्रुस किल्ला अवलोकन गर्ने सल्लाह उनीहरुले दिए । सो किल्ला रेलवे स्टेसनबाट डेढ किलोमिटरको दुरीमा रहेको जानकारी दिंदै उनीहरुले मलाई लक्जेमवर्ग शहरको नक्सा निशुल्क दिए । म पैदलै सो किल्ला अवलोकन गर्न गए ।
पेट्रुस किल्ला (बास्टिओन) यस किल्लालाई केसमेट्स पेट्रुस भनिदो रहेछ । यो किल्ला स्पेनिसहरुले मध्यकालिन युगमा सन् १६७३ तिर स्वीट्जरलैण्डका किल्ला डिजाइनर आइजाक फोन ट्रेवाखलाई बनाउन लगाएका रहेछन् । शत्रुको देशमा आफनो सुरक्षाको लागि निर्माण गर्ने किल्ला जसलाई बास्टिओन भनिन्छ त्यो निर्माण पश्चात तत्कालिन गर्भनर बेकको नाममा राखिएको रहेछ ।
शुरुमा यस किल्लाको उचाई त्यति अग्लो नभएको र मर्मत पछि मात्र वर्तमान उचाई २७ मिटर कायम भएको बताइँदो रहेछ । सुरक्षाको कारणले गर्दा यहाँ घोडचढिहरु तैनाथ गरिएको र ५४ वटा सैनिक तोपहरु तैनाथ गर्न भनेर ढुंगाको खुडकिला सहितको प्यारापिट बनाइएको रहेछ जसलाई पेट्रुस ब्याटरी भनिदो रहेछ । यो किल्ला लक्जेमवर्गमा संरक्षण गरिएको किल्ला मध्ये एक र ऐतिहासिक मानिदो रहेछ । पछि १७२८ तिर अष्ट्रियनहरुले ग्राण्ड स्ेटयरकेस (विशाल भ¥याङ) हरु बनाएका रहेछन् । यस भ¥याङलाई बरबन लक भनिदो रहेछ ।
सन् १८६७ मा किल्ला भत्काइएपछि किल्लासँग जोडिएका चौडा पर्खाल जसमाथि चीनको ग्रेटवाल जस्तै मान्छेहरु हिडन मिल्छ (¥यामपार्टस) हरुमा भएका प्वालहरु टाल्ने काम गरी सबै प्रवेशद्धारहरु बन्द गरिएको रहेछ । बन्द रहेको अवस्थामा त्यस किल्लाभित्र एक चलाख बगैँचेले च्याउ उत्पादन गरी बेच्ने गरेको कुरा पनि पयर्टकहरुलाई बताइदो रहेछ । सन् १९३३ को जुलाई २६ देखि पर्यटकहरुको लागि खुला गरिएको यो किल्ला हाल लक्जेमवर्गको संविधान चोक (Constitution Square) मा छ । तिन चरणको पर्खालको घेरा (रिंग) बाट सुरक्षित लक्जेमवर्ग शहरलाई यसै किल्लाको कारण उत्तरको जिब्राल्टर पनि भनिदो रहेछ ।
0 comment