आम्स्टरडमको पुरानो दरवार क्षेत्र अवलोकन गरेपछि त्यहाको युथ होस्टलमा रात बिताईयो । भोलीपल्ट विहान ब्रेकफास्ट गरी नौ वनेको रेल लिएर म बेल्जीयमको राजधानी ब्रसेल्स तिर लागे । ठीक दिनको १२ वजे रेल ब्रसेल्सका् रेलवे स्टेसनमा आएर रोकियो ।
म चाहि त्यहाबाट ब्रसेल्सको मुटुमा रहेको दरवार स्क्वायर क्षेत्र अवलोकन गर्ने उद्देश्य सहित त्यता तिर लागे । त्यस दरवार स्क्वायरमा अवलोकन गर्ने भनेको ग्राण्ड प्यालेस, टाउन हल, म्यूजियम रहेको राजाको दरवार र अन्य कलात्मक घरहरु रहेछन् ।
ग्राण्ड प्यालेस स्क्वायर
यो दरवार स्क्वायर क्षेत्र पेरिसको कन्कर्ड जस्तै सिंगै यूरोपको पर्यटक आकर्षण केन्द्र रहेछ । ७४८० वर्ग मिटरमा फैलिएको यसै स्क्वायर भित्र ब्रसेल्सको दर्शनीय वस्तुहरु केन्द्रित रहेछन् जसमा ग्राण्ड प्यालेस मुख्य आकर्षणको केन्द्र रहेछ । १०आंै शताब्दीमा ब्रसेल्स शहरको स्थापना सँगै ११आंै शताब्दिको अन्त्य तिर आइपुग्दा ग्राण्ड माक्र्ट (ठूलो खुला बजार) यसै स्क्वायरमा शुरु गरिएको रहेछ र क्रमस शताब्दिहरु बित्दै जाँदा यो क्षेत्र यूरोपकै व्यापारिक केन्द्र बन्न पुगेको रहेछ । पछि १३ आंै शताब्दिमा आएर स्क्वायरको उत्तरी कुनामा काठ र ढुंगाले व्यापारिक भवनहरु बनाइएका रहेछन् जसले गर्दा खराव मौसम भएको बेलामा पनि खुला बजारको विकल्पको रुपमा ती व्यापारिक भवनहरुको प्रयोग हुन थालेछन् । १४ आंै शताब्दिमा आएर यो ग्राण्ड प्यालेसलाई सिंगार्ने र विस्तार गर्नेको थालनी भएपछि यहाँ राजपरिवार र भारदारसँगै स्थानीय व्यपारीहरु पनि वस्न थालेछन ।
पछि सन् १४०१ देखि १४५५ बीचको अवधीमा स्क्वायरको दक्षिण तर्फ टाउन हल निर्माण गरिएको रहेछ र दरवारलाई त्यहाँको महानगरपालिकाको कार्यालय बनाइएको रहेछ । पछि सन् १६९५ कोे अगष्ट महिनाको १३ तारिखका दिन ७० हजार फ्रेन्च सैनिकहरुले बम आक्रमण गरी यस स्क्वायर क्षेत्रलाई ध्वस्त बनाएका रहेछन् । त्यस क्रममा यो दरवार भग्नावशेषको रुपमा परिणत भएको रहेछ तर टाउन हल भने शत्रुहरुको आक्रमणको लक्ष्य हुँदाहँुदै पनि विध्वंश हुनबाट जोगिएको रहेछ । पछि यो स्क्वायर र यहाँ भएका दरवार र घरहरु गोथिक र वारोक शैली मिश्रण गरि पुर्ननिर्माण गरिएका रहेछन् । १८ आंै शताब्दिमा ब्रावन्ट क्रान्तीकारीहरुले यो दरवारलाई क्षतविक्षत गरी यहाँ भित्र भएका दरवारिया र क्रिश्चियन पुरोहितहरुको मुर्ति तोडफोड गरेका रहेछन् । तत्पश्चात यो दरवार क्षेत्र धेरै वर्षसम्म वेवारिसी बनेर बसेको रहेछ । पछि सन् १८५२ तिर आएर पुरातात्विक वस्तुहरुको संरक्षण गर्ने अभियान शुरु भएसँगै ब्रसेल्सको नगर प्राधिकरणले यस दरवार क्षेत्रलाई पुरानै ढांचामा निर्माण गरी बेल्जियमका राजा लियोपोल्डको शासनको २५औ वर्षगाठ स्मरण गराउने गरी पानीको फोहराको निर्माण गरिएको रहेछ ।
प्रथम विश्व युद्धको शुरुवातसँगै यहाँ यूरोपका विभिन्न देशहरुबाट भागेर आएका घाइते शरणार्थी र सैनिकलाई राखिएको रहेछ र टाउन हललाई चाहि अस्पताल बनाइएको रहेछ । सन् १९१४ को अगष्ट महिनाको २० तारिखका दिन जर्मन सैनिकहरुले यस क्षेत्रलाई कब्जामा लिएपछि उनीहरुले जर्मन झण्डा गाडि यो दरवारलाई आफनो भान्छा वनाएका रहेछन् । विश्वयुद्धहरुको समाप्ति सँगै पुन यो खुला बजारको रुपमा प्रयोग हुन थालेको रहेछ । यहाँ रहेको विशाल कलात्मक चोक विश्वकै अनुपम उदाहरणको कलाकारिता मानिदो रहेछ ।
टाउन हल
यो हल ग्राण्ड प्यालेस स्क्वायर ठीक बीचमा रहेछ । विभिन्न चरणमा गरी यसको निर्माण सन् १४०२ देखि १४५५ बीचमा भएको रहेछ । यसमा रहेको गोथिक शैलीको टावर ९६ मिटर अग्लो र यसको गजुरमा ४ मिटर अग्लो ब्रसेल्स शहरका संरक्षक पादरी सेन्ट मिखायलको राक्षसलाई मार्दै गरेको मूर्ति रहेछ । किंवदन्ती अनुसार जसले यो टावरका डिजाइन ग¥यो उसले त्यही टावरको टुप्पाबाट हामफाली आत्महत्या गरेको रहेछ ।
राजाको घर
१२औं शताब्दीसम्म यो घर काठले बनेको स्थितिमा रहेको र यहाँ पाउरोटी बेचिदो रहेछ । १५०४ देखि १५३६ को बीचको अवधीमा बेल्जीयमका ड्यूकले टाउनहलको अर्कोपट्टि टाउनहलको सुन्दरतालाई चुनौति दिंदै यहाँ विशाल दरवार बनाएका रहेछन् जसलाई राजा त्यहाँ नबस्ने भएपनि राजाको घर भनिदो रहेछ । तर उनको प्रशासनिक कार्यालय त्यहाँ राखिएको रहेछ । यही ड्युक पछि स्पेनको राजा भएपछि यसलाई राजाको घर भन्न थालिएछ ।
१६औ शताब्दीमा रोमन वादशाह चाल्सै पाचौंले यस घरलाई पछिल्लो गोथिक शैलीमा पुनरनिर्माण गर्न लगाएका रहेछन् । तर सन् १६९५ को बम आक्रमणमा परी यो घर क्षतिग्रस्त भएको रहेछ अनि धेरै पछि सन १८७३ मा यसको गोथिक शैलीमानै जिर्णोध्दार गर्ने कार्य भिक्टर जमायरले ब्रसेल्स नगर प्राधिकरणको वित्तिय लगानीमा सम्पन्न गरेका रहेछन् ।
0 comment