काठमाडौं – समाजमा दलितप्रति होच्याएर गाली गर्ने दलितलाई अपमान गर्ने प्रवित्ति जिवितै छ बनाइएको छ । यसरी दलितलाई होच्याएर बोल्ने दलितलाई अपमान गर्ने मनुवादी भिडमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पनि सामेल भएका छन । कमरेड प्रचण्डले एक अभिव्यक्तिमा भने त्यो कुजातसँग संसर्ग गर्दा हामीलाई पनि त्यो रोग स¥यो माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कांग्रेस र एमालेलाई लक्ष्य गर्दै भनेका छन्, त्यो कुजातसँग संसर्ग गर्दा हामीलाई पनि त्यो रोग सर्यो, हामी पनि थोरै–धेरै मैला धैला बिग्रिया बिग्रिया जस्ता भयौं ।
पचण्डले विपक्षीहरूलाई सँगतै गर्न नहुने जात पनि भन्न भ्याए । परिवर्तनका निम्ती लामो समय राजनैतिक संघर्ष गरेर स्थापित भएका नेता हुन प्रचण्ड । दलितमाथी हुदै आएको जातिय विभेद कुनै एउटा वर्गले थोपरीदिएको सामन्ती अभ्यास हो यसलाई जरैदेखि उखेल्नु पर्छ समाजमा कुनै जात नै हुदैनन भन्ने पार्टीका कमान्डर अध्यक्षले आज दलितलाई लक्षित गरी दलित समुदायमाथी नै अपमान हुने अभिव्यक्ति दिन मिल्छ? प्रचण्डले जात भन्ने शब्दलाई जसरी प्रयोग गरेका छन त्यसले सिङगो दलित समुदायको मनमा चोट दिएको छ । समाजमा कथित उपल्ला जातिले दलित समुदायका मानिसलाई होलोहोचो गर्दा डोमिनेन्ट गर्दा तिरस्कार गर्दा बहिस्करण गर्दा जात शब्द प्रयोग गर्ने गर्छन् जुन व्यवहार समाजमा यत्रतत्र छदैछ ।
अन्य दलप्रति अक्रामक भइ उनीहरुमाथी रिस थुपार्दा प्रचण्डले कुजात मैला धैला जस्ता शब्द प्रयोग गर्नु चरम मनुबादी चेतको परकाष्ठ हो । किन की यो तहका नेताले प्रधानमन्त्री भइसकेका नेताले यसतो निम्छरा भएर अभिव्यक्ती दिने कल्पना गरिएको हुदैन । तर प्रचण्डले ६० लाख भन्दा धेरै दलितको मन दुखाएर जात व्यवस्थाप्रतिको मनुवादी सोँच अझै हटेको छैन भन्ने गतिलो प्रमाण दिएका छन । गाली गर्न पाइन्छ तर दलित समुदायको अपमान गरेर कुजात भन्न पाइन्न । सत्ता फुत्किएको छटपटाहट लुकाउन नसक्नु स्वभाविक हो तर त्यसरी मैला धैला संसर्ग गरेर विग्रीयो भन्ने जस्ता शब्दावली प्रयोग गर्न पाइन्न यी शब्द कमरेड प्रचण्डलाई सुहाउने भाषा होइनन । यो अभिव्यक्तीलाई हेर्ने हो भने प्रचण्ड पनि जातिय विभेद गर्दा रहेछन प्रचण्डको चेतबाट पनि दलित समुदायप्रतिको व्यवहार परिवर्तन भएको रहेनछ भन्न सकिन्छ । आम दलित समुदायसँग कमरेड प्रचण्डले माफी माग्न जरुरी छ मैले गलत भाषा प्रयोग गरे भनेर ।
दलित समुदायमाथी हुने गरेका होलो होचो स्थानीयस्तरमा झन धेरै छ कतिपय स्थानीय तहहरुमा दलित वडा सदस्यहरु हेपिएको अपमानित भएको समाचार बाहिरीरहेकै छन । चमार जस्तो डुम जस्तो भन्ने चलन समाजबाट हटेकै छैन । जात व्यवस्थाप्रतिको मनुवादी चेतको पर्दा च्यात्ने हिम्मत नगरेसम्म आम दलित समुदायमाथी हुने अपमान र तिरस्कारयुक्त व्यवहार रोकिन्न ।
विद्यमान दलहरुका नेतालाई सत्ताको भर्याङ चडाउनमा धेरै उत्पीडितहरू समुदायले रगत–पसिना वगाएको दृष्यहरु ताजै छन । अझ विशेष गरी नेकपा माओवादीप्रति अझै पनि दलित समुदायको आसा र भरोसा कायमै छ । किन की समाजमा जातिय विभेद छुवाछुत गर्ने व्यक्तीलाई भाटे कारवाही समेत गरेर उदाएको पार्टी भएर तर त्यही पार्टीका कमान्डरको अभिव्यक्तीले जातव्यवस्थाको मनुवादी अभ्यास व्युताउने भ्रामक कुचेष्टा हुनु निकै दुखद पक्ष बनेको छ ।
अन्य दललाई बदनाम गराउने प्रयत्नमा प्रत्यक्ष वा परोक्ष रूपमा जात व्यवस्थालाई मलजल गर्ने शब्द प्रयोग गर्नु किमार्थ राम्रो होइन । यस तवरबाट जातीय घृणा फैलाउने, दलितको आत्म सम्मान गिराउने शब्दावली प्रयोग गर्नु घोर आपत्तिजनक र अव्यवहारिक छ ।
शासक वर्गको दिमाग नै यति उग्र जातिवादी भएपछि देशमा नागरिक स्वतन्त्रता, जातीय समानता र सामाजिक न्यायको कल्पना गर्न सक्ने ठाउ रहदैन ।
दलित समुदाय पनि यो परिवर्तित व्यवस्थाका हिस्सेदार हुन परिवर्तनका लागि दलितहरुको पनि आँशु बगेको छ ज्यान बलिदान भएको छ तर आज यही व्यवस्थाभित्र सलवलाइरहेको उग्र जातीवादी अभ्यासको सिकार यही दलित समुदाय भइरहेको छ । कानुन छ कार्यान्वयन छैन । कानुनले कसैलाई होचोहोचो गर्न तिरस्कार गर्न पाइदैन भन्छ । अझ जातको आधारमा धर्मको आधारमा कसैलाई विभेद गर्न पाइन्न भनेर प्रष्ट पारेको छ तर कानुन कार्यान्वयनको तहमा बसेकाहरुलाई नै जातीवादको धङधङीले छोडेको छैन । उग्र जातीवादी लपेटिदै गएको समाजमा दलित मैत्री समाजको परिकल्पना कसरी गर्न सकिन्छ ? माथिल्लो तहबाट नै जातीवाद अभ्यासलाई बल दिने व्यवहार छाताछुल्ल भएपछि दलित भनेका मैला धैला हुन्छन भन्ने भाष्य समाजबाट कसरी हटाउन सकिन्छ ? दलित समुदायमाथी होलोहोचो गर्ने तिरस्कार गर्ने अपमान हुने किसिमका अभिव्यक्ती दिन र त्यस किसिमका व्यवहार देखाउन कसैलाई पनि क्षम्य हुदैन । दलित समुदायमाथी हुने जातीवादी व्यवहार र अभिव्यक्तीमाथी राज्यले अंकुस लगाउनु पर्दछ । कोही कसैले पनि जातलाई आधार बनाएर बोल्न पाउने जातलाई आधार बनाएर व्यवहार गर्ने कुनै पनि जातिलाई संकेत गरी आफ्ना कुण्ठाहरु पोख्ने परिपाटीलाई राज्यले पूर्ण रुपमा निषेध गर्नुपर्दछ ।


.jpg)
0 comment