एमाले भित्रको लोकतन्त्र कमजोर बन्दै गएको छ । निरकुंश शासन व्यवस्था विरुद्ध आफूलाई सशक्त रुपमा प्रस्तुत गरेको इतिहास बोकेको नेकपा एमाले आफै निरकुंस अभ्यासमा जाकिदैछ । आफू विरुद्ध बोल्ने आफूले गरेका निर्णयमा प्रश्न गर्नेहरुलाई सहज रुपमा पाखा लगाउने अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली तल्लीन छन । एमालेभित्र ओलीका विरुद्धमा प्रश्न गर्नु भनेको वहिगर्मनको लागि तयार रहनु जस्तै बन्दै गइरहेको छ । जसका कारण पार्टीलाई लोकतान्त्रिक अभ्यासमा डोहोर्याने गोरेटो बन्दैथियो उसैलाई पाखा पार्ने हिम्मत गर्नु आन्तरिक लोकतन्त्रको घाँटी निमोठनु हो भन्नेहरु एमाले पंक्तिमै छन् । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको विषय एमालेभित्र निकै तरंगित बनिरहेको छ । एमालेभित्र नेता भीम रावललाई यथार्थवादी नेता गुटबन्दी बनाउने र नेतृत्वको गुनगानमा समय खर्चिनेलाई अवसरको टिका लगाइदिने भन्दा पनि पार्टी जिवनमा त्याग गर्ने क्षमता र योग्यताको आधारमा अवसर दिने र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने मुद्धालाई सशक्त तवरबाट पार्टीमा राख्ने नेताको छवि बनाएका भीम रावल अन्तत पार्टीबाट किनारा पारिएरै छाडे । 

अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा चुनाव लडेपछि भीम रावल निसानामा परेका थिए । संसंदको ह्वीप पनि नमानेपछि भीम रावल आफै पाटीबाट पन्छिनु भएको भन्नेहरु पनि एमालेको दैलामा छन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्टेरिङ सिटमा छन अहिले । विशेषगरी कम्युनिष्ठहरुको मार्गदर्शन कोर्ने भन्दै बाम एकतालाई आधार बनाएर नेकपा बनाएका ओली आफ्नै कारण खुम्चीदै गएको धेरैको ठम्याई छ । आफ्नै नेतृत्वको झन्ने दुई तिहाइको वाम गठबन्धन सरकार ढल्ने वातावरण ओलीकै कारण बन्दै गएपछि एमालेभित्र खटपट सुरु भएको अवस्था जिवितै छ । अहिलेपनि स्वार्थसँगको साइनो भएर एमालेले गठबन्धन गरेको भन्नेहरुको कुनै कमी छैन । मुलुकको लोकतन्त्र दलहरुकै कारण धारासायी बन्दै गएको अनुमान गर्नेहरुका लागि सरकार हाँकिरहेको दल एमालेका अध्यक्षबाट पार्टीभित्रको लोकतन्त्र निमोठने अभ्यास भएपछि धेरैको चिन्ता छ की यही भिजन र अभ्यासबाट लोकतन्त्रको रक्षासहितको समृद्धी नेपालको सपना पूरा हुनेमा शंका गर्ने ठाउँ धेरै छ । लोकतन्त्रको प्रवचन सुनाउनेबाट नै निरकुंशताको अभ्यास हुनु निकै दुखद पक्ष हो भन्नेहरु पनि धेरै छन् । पार्टी नेतृत्वले गलत निर्णय गर्दा पार्टीको जिवनमा नकरात्मक असर गरी आन्तरिक कलहले ठाउँ पाउने ठम्याई भएपछि नेतृत्वलाई सजग गराउन पनि भीम रावलजस्ता नेताको खाँचो पार्टीमा हुनुपर्ने हो तर एमालेमा ठिक विपरित हुदै गएपछि कार्यकर्तामा पनि एकखालको निरासा देखिन थालेको छ ।
 
प्रधानमन्त्रीमा आसिन ओलीको विरोध पछिल्लो समय निकै मडारिइरहेको छ । सार्वजनिक ठाउँमा विरोध गर्नेहरुको जमात निकै बढिरहेको बेला देखिनेगरी आन्तरिक लोकतन्त्रमा धब्बा लाग्नेगरीको निर्णयले पार्टीलाई कता लान्छ त्यो त समयले बताउला नै स्वयम् ओलीका लागि पनि आत्मघाती हुने देखिन्छ । निष्कासन भन्दा पनि सम्झाउनु पर्छ भन्ने मत आउदाआउदै जबरजस्त निकाष्न गर्न नहुने मत ओलीकै कित्ताबाट सेलाएको छैन । 

नेतृत्वको भिजन नै सधै सर्वेसर्वा हो भन्नु हाँडीमा गलाएको मासु दारा किटेर चपाउनु जस्तै हो । विचार मन्थन गर्ने अभ्यासलाई जसले ईन्कार गर्छ भने उसलाई निरकुंशताको भूतले भेटेको जाने हुन्छ । निरकुंश भनेको यस्तो अभ्यास हो, जसले कुनैपनि विकल्प देखेकै हँुदैन । पार्टीलाई जिवन्तता दिने आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने भनेको पार्टीमा रहेका नेताहरुको योग्यता क्षमता र अनुभव नै हो । एकअर्काको विचार र भिजनको मन्थन गर्ने अभ्यास पार्टीमा अपरिहार्यता बनाउनु पर्दछ भन्ने मत कम्जोर छैन । समय अनुसार नेतृत्व फेरबदलको अभ्यासले पार्टीलाई झन बलियो बनाउने कुरा स्वयम ओलीलाई राम्रो ज्ञान छ । आफै नयाँ बन्न सकिएन भने नयाँ युगको सपना पूरा गर्न सकिन्न भन्ने कुराको हेक्का ओलीलाई राम्रै छ । तर पनि ओरालो लाग्दै गरेको पार्टीप्रतिको जनभरोसालाई रोकौ भन्नेहरु आज एमालेमा अटाउन नसक्नु निकै दुखद विषय बन्दैछ । आफू सरकारको नेतृत्वमा रहेका बेला ठूलो हिस्सा दान लिनु कन्फील्क्ट अफ इन्टे«स्ट हुन्छ भन्ने चेत नेतृत्वलाई हुँदाहँुदै त्यस तर्फ अग्रसर भएपछि उसाकिरणहरुले निर्णयको विरोधमा बोले । अरबौको जग्गा दान लिनु हुन्न भन्नेपनि पार्टीमा नअटाउने मार्गमा नेतृत्वको निर्णय केन्द्रित थियो र छ पनि । नेतृत्व स्वेच्छाचारी विचारलाई लगाम लगाउनेहरु क्रमशः पाखा लाग्नुपर्ने वातावरण बन्दै जाने अवस्था देखेर कम्युनिष्टहरुमा विचारले भिजनले नेतृत्वलाई उछिन्ने छुट छैन भन्ने सन्देश दिएको बुभ्mन कठिन छैन । पि.एच.डि. होल्डर नेता भिम रावल भाषागत रुपमा पनि निकै अब्बल मानिन्छन् । सुदुर पश्चिमले उनलाई राम्रै चिनेको छ । तर ओलीले चिन्न सकेनन भन्नेहरुको मत पनि बलियो नै छ । एमाले भित्र वामदेव माधव भीमहरुको साथले नै ओलीलाई नेतृत्वमा पुर्याएको तर त्यो गुनलाई ओलीले कुल्चिदै निरकुंश बन्दै जानु पार्टी जिवनका लागि दुर्भाग्य भएको चर्चा अहिले एमाले भित्रै छ । अहिले एमाले अध्यक्षको निर्णयलाई स्वेच्छाचारी हैकमवादी, तानाशाही प्रवृत्तिको परकाष्ठ हो भनेर पनि आलोचना भइरहेको छ ।

सरकार सञ्चालनमा नै आलोचनाको प्रश्न तेर्सिएका वेला ओलीले पाटीभित्रै तानाशाही प्रवृत्तिको झल्को देखाए । पार्टीभित्रको विचार मन्थनको अभ्यासलाई ओलीले अनुशासनको डन्डा तेस्र्याउनु कति ठिक हो भन्ने कुराको हिसाव त पार्टीले गरेको होला तर ओलीले जे गर्दैछन्, जे गर्दै आएका छन्, त्यसले एमाले पार्टीलाई जनताको मनले कति रुचाउँछ भन्ने कुरालाई निकै म्याटर गर्दछ ।