काठमाडौं — अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भारतलाई चेतावनी दिएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि उनले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करबारे कडा अभिव्यक्ति दिएका हुन् । उनको यो भनाइले भारत सरकारलाई सोच्न बाध्य तुल्याउने निश्चित प्रायः छ । भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाइ छ ।


यो चतावनीले भारत सरकारलाई सोच्न बाध्य तुल्याउने निश्चित प्रायः छ । भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाई छ ।
देशहरूले अमेरिकाबाट आउने सामानमा लगाइएको उच्च अतिरिक्त महसुलको जवाफमा अमेरिकाले पनि ती सबै देशबाट अमेरिकामा भित्रिने सामानमा त्यही स्तरको अतिरिक्त महसुल अर्थात् रेसिप्रोकल ट्यारिफ लगाउने मनसाय दोहो¥याएका छन् ।

‘यदि कसैले हामीहरूमाथि कर थोपर्छ भने हामी पनि उनीहरूमाथि उति नै कर लगाइदिन्छौँ’, सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन् । यसै क्रममा उनले नामै किटेर भारतले कर लगायो भने आफूले पनि लगाउने बताएका छन । आफूले जस्तालाई त्यस्तै व्यवहार गर्ने ट्रम्पको उल्लेख गरेका छन । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि विश्व अर्थतन्त्र कस्तो हुन्छ भन्ने चासो पनि सवत्र छदैछ भने ट्रम्पले कस्तो अर्थनिति अपनाउछन भन्ने चासो पनि त्यत्तिकै छ । 
(एजेन्सीको सहयोगमा)