काठमाडौं - जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।
ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो ।
विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए ।
जनकपुरका ललित राजवंशी र किशोर महतोले १/ १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए ।
सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो ।
क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।



0 comment