काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर २ मा पुगेको छ ।

आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर १ को पराजित टोलीसँग क्वालिफायर २ मा खेल्नेछ ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।

किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।