काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो।
जनकपुरका लागि जेम्स निसमले विष्फोटक ब्याटिङ गरेका थिए। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। उनले १८ बलमै कीर्तिमानी अर्धशतक बनाएका थिए।
त्यस्तै आसिफ शेखले २३ रन, सुभ कंशकारले १५ रन र मोहम्म मोसिनले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २-२ विकेट लिए। अमर रौटेलाले १ विकेट लिए।



0 comment