काठमाडौं - इजरायल र लेबनानबीच भएको युद्धविराम सहमति केहीबेर अघिदेखि कार्यान्वयनमा आएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले टेलिभिजनमार्फत इजरायल र लेवनानबीच युद्ध विराम भएको घोषणा गरेसँगै यी दुई देशबीच युद्धविराम कार्यान्वयनमा आएको हो ।
बिबिसीका अनुसार युद्धविराम प्रस्तावमा इजरायलले हिजै स्वीकृति दिएको थियो ।
यसैबीच, युद्धविराम कार्यान्वयनमा जानु केहीबेर अघिसम्म पनि इजरायली सेनाले हिज्बुल्लाहमाथिको आक्रमण जारी राखेको थियो ।
युद्धविराम प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।


0 comment