काठमाडौं — कीर्तिपुर नगरपालिका वडा ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले उच्छृङ्खल व्यवहार देखाएका छन । वडा अध्यक्ष महर्जनले कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा तोडफोड गरेका हुन । 
कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित नगरपालिका पुगेका वडा अध्यक्षले कार्यवाहक मेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् । 
कर्मचारीले काम नगरेको ढिलासुस्ती गरेको विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको एक कर्मचारीले बताए । 

उपमेयर शाक्यका अनुसार वडाध्यक्षले माफी माग्नुपर्छ भनेर फुटेको टेबुल पनि उठाइएको छैन । 
कार्यवाहक मेयर शाक्यले वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतको समय नपाएपछि आफ्नो कार्यकक्षमा आएर तोडफोड गरेको जानकारी दिएकी छिन । 
प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरुको बैठक राख्नु भएको थियो ।  त्यस समयमा ३ नम्बर वडाध्यक्षले वडाको विभिन्न मागहरुले लिएर नगरपालिका आउनु भएको थियो । 
त्यो बेला समय नपाएपछि उहाँ रिसाएर मेरो सचिवालयमा पस्नुभयो र मसहित अरु जनप्रतिनिधि सँगै भएको बेला उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भनेर रिसाउँदै टेबल फुटाउनु भयो ।
 कार्यवाहक मेयर शाक्यले कुनै पनि विषयमा चित्त नबुझ्दैमा जनप्रतिनिधिले  उच्छृङ्खल व्यवहार देखाउनु उचित हुदैन । मतभेद भएका विषय छलफल गरेर समाधान गर्ने हो । तर यस किमिको व्यवहार देखाउनु जनप्रतिनिधिका लागि अशोभनीय मानिन्छ ।