काठमाडौं - आज राष्ट्रिय कर दिवस मनाइँदैछ ।
यस वर्षको नारा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने तय गरिएको छ।
आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूले राष्ट्रिय कर दिवसको अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
0 comment