काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देही लगिएको छ । 

प्रहरीले हिजो र अस्ती लामिछानेसँग बयान लिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि  वकिलको कार्यालयमा लगिएको हो । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मङ्गलबार रूपन्देही लगिएको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा गोर्खा मिडिया नेटवर्क प्रालिमा पैसा गएको पाइएपछि त्यसकै अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई रूपन्देही लगेको हो ।