काठमाडौं - गणेश हिमाल गएका १६ जना पदयात्री गणेश हिमाल बेस क्याम्प नजिकै फसेका छन् ।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालीका हुॅदै गएका उनिहरु लेक लागेर विरामी समेत परेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख सुमन घिमिरेले जानकारी दिनु भएको छ ।
उनिहरको उद्धारका लागी हेलिकप्टरको व्यवस्था गरिएपनि खराब मौसमले गर्दा समस्या भएको छ ।
२७ जना मध्ये दुई जना गम्भीर रहेको बताईएको छ । स्थानीय प्रशाससनले सो क्षेत्रमा उनिहरुको उद्दार गर्न नेपाली सेनको हेलिकप्टर पठाईएको जानकारी प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भएको हो ।
उनिहरुको उद्दारका लागी नेपाल प्रहरी सहित स्वास्थ्य कर्मीहरुको टोली सो क्षेत्रतर्फ पठाई सकिएको जानकारी स्थानीय प्रशासनले दिईएको छ । पर्या पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय धादिङ र रुबीभ्याली गाउँपालिकाको २७ जनाको टोली रुबीभ्यालीको पाङ्साङ पास हुँदै सो क्षेत्रको भ्रमणमा गएका हुन् ।
0 comment