काठमाडौं - चर्चित झाक्री प्रकास भुजेलको कारले ठक्कर दिएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी हुन् । नगरकोटीकी श्रीमतिको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रकास भुजेल आफैॅले चलाएको कारले मोटरसाइकलमा सवार श्रीमान श्रीमतिलाई ठक्कर दिएको थियो । 

मोटरसाइकललाई ठक्कर दिइ कार पसलको सटरमा ठोक्किन पुगेको थियो । ठक्कर दिएपछि भुजेल फरार थिए ।

फरार झाक्री भुजेललाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका एसएसपी विनोद घिमिरेले बताएका छन्  ।

भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका हुन् ।