काठमाडौं - पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

सर्वोच्च अदालतले केहिदिन अघि मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले आज बिहान काठमाडौँबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको थियो।

दीपक मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि हतियार प्रहार गरी हात छिनाएको थियो ।  ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । 

अब फैसला अनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नेछन्।