काठमाडौं । पूर्वगृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ सभापति रवि लामिछानेलाई पोखराबाट a'4 Po/sf] जहाजमार्फत भैरहवा लगिएको छ ।
यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकूल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम अनुकूल हुनासाथ विमान उडेको हो ।
प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा लैजान लागिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट जहाजमार्फत भैरहवा लगिएको हो ।
लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ । रास्वपा र सुप्रिम पीडितहरुले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले बुद्धचोक, लुम्बिनी गेट, जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।
0 comment