काठमाडौं - हङकङमा जारी सिक्सेसको प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको छ ।

९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन बनाए ।
युएईसँग नेपाल पराजित भएको छ ।

नेपालका लागि राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

नेपालका विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए ।

युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।

युएईले आजै दिउँसो दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्नेछ ।