काठमाडौं - हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ ।पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल आज बिहान भएको खेलमा अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ।
प्रतिश जिसीको सानदार बलिङसँगै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालका प्रतिशले दुई ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए।
नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो।
१ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो ।
नेपालले आजै दिउँसो १:३५ बजे क्वाटरफाइनल खेल्नेछ ।
0 comment