डी. राज कोइराला
३१ जुलार्इ १९५० काे नेपाल भारत मैत्री तथा शान्ति सन्धि पुनरावलाेकन गर्नकालागी भारत र नेपाल सरकारले गठन गरेका प्रबुद्ध वर्गकाे जुलार्ड ४ बाट काठमाण्डाैमा बैठक सुरु भैरहेको छ ।
याे बैठकमा नेपालका तर्फबाट अाेली सरकारले राष्ट्रवादकाे खाेल अाेडेर पानीमाथिकाे अाेभानाे बन्नकालागि भर्ती गरेका प्रबुद्धहरु मध्ये श्री सूर्यनाथ उपाध्याय बाहेकका अरु प्रबुद्धहरुका विगतलार्इ नियाल्दा ” ताकपरे तिवारी नत्र गाेतामे ” भन्दा फरक नपर्ला ।
कतै श्री सूर्यनाथ उपाध्याय पनि यस्ता गाेतामेहरुका फन्दामा परे भने “काले काले मिलेर खाउँ भाले” भन्दै टिष्टा काङ्गडा फिर्ता ल्याउने हाेइन नेपाल राष्ट्रकाे स्वत्व नै भारतलार्इ जिम्मा दिन बेर छैन ।
भारत तर्फका प्रबुद्धहरु मध्ये सार्वजनिकरुपमा नै “नेपाली मूलकाे हुँ” भन्ने भारतका माननीय सांसद भगतसिंह कुशियारीकाे भनाइमा सत्यता देखिन्छ ।
सुगाैली सन्धिबाट इष्टइण्डिया कम्पनीले गाेर्खा साम्राज्यकाे हड्पेकाे दार्जीलिङ समेतकाे भूभागलार्इ नेपाल भारत मैत्री तथा शान्ति सन्धि १९५० काे धारा ८ ले नेपालकाे भएर पनि हालसम्म भारतले भाेग चलन मात्र गर्दै अाएकाे छ तर संविधानत भारतकाे भइसकेकाे छैन त्यसैले गाेर्खाल्याण्ड चाहियाे भन्दै सुवास घिसिङ्गले शुरु गरेकाे गाेर्खाल्याण्ड अान्दाेलनका क्रममा दिलाे ज्यानले समर्थन र पूर्ण सहयाेग गर्ने डा महेन्द्र पी लामाले नेपाल भारत मैत्री तथा शान्ति सन्धिकाे पुनरावलाेकन बैठकमा पुराना सत्य तथ्य कुरामा अडिक रहने हुन कि भाका फेरेर भारत सरकारका तर्फबाट प्रस्तुत हुने हाेलान ?
याे तथाकथित प्रबुद्धवर्गकाे बैठकले “दूधकाे दूध पानीकाे पानी खुट्याउला कि” “घीउ र तरवार साट्ने नामुद ठगहरुकाे कथा जस्तै तमासा देखाउला त ?
अब उसाे नेपाली नागरिकहरुले हावादारी गफमा अल्मलिनु भएन भन्ने अाग्रह हो ।

0 comment