काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका- ४ रातोमाटेमा पहिरोका कारण भैँसे-भीमफेदी सडक अवरुद्ध बनेको छ । 

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो पन्छाउने कार्य भइरहेको छ । ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुनसक्ने उहाँले बताउनुभयो ।