डा. शास्त्रदत्त पन्त

१. झापाको दक्षिण र पूर्वपट्टी पृथ्वीनगर छेउमा भारतीयहरुले घर बनाएर बसेका छन् । त्यहाँ अर्का एउटा दशजगा र फेरी तेस्रो दशजगा नेपालपट्टीको जमिनमा बनाईदिएका छन् । पाठामारी, मेचीनगरपालिका, नकलबन्धा, बाहुनडागीँ गाविसका सिमानाका भु–भाग अतिक्रमित भएका छन्। मेचीनदीको पारीपट्टीको महेशपुर गाविसको वडा नं २ को जग्गा १७९ वर्षपछि भारतले आफनो भुमि भनेर दाबी गरेको छ । खडा रहेको जंगे स्तब्भको वास्तै नगरी भद्रपुर नगरपलिकाभित्र आएर सिमा स्तब्भ गाडेका छन् । नेपालको जग्गा नाप जाँच ऐन अन्तर्गत सर्भे नापी भई मालअड्डा समेतमा लागत कायम भएको ३ सय विघा जमिनलाई भारतले दाबी गरेको छ । मेची नदीधार सँगसँगै दुई देशबिचका सिमास्तब्भ ज्युँका त्युँ छँदाछँदै हजारौँ हेक्टर नेपालको भू–भाग भारतमा पर्ने गरी एकतर्फी रुपमा नयाँ सिमास्तब्भ गाडेकाले सामाजिक खलबल समेत पारिदिएको छ । 

२. इलामको पशुपतिनगरको पिलर नं ७१/२२ मा २००० वर्ग मिटर दशजगा क्षेत्र अतिक्रमण गरी भन्सार कार्यालय निर्माण गर्न थालेको छ र भारतीय नागरिकहरुले घर पनि बनाएका छन् । मानेभञ्ज्याङमा भारतीयहरुले अतिक्रमण गरेका छन् ।  त्यसमा स्थानीय बासन्दिाले प्रतिकार गरिरहेका छन् । इलामको ३६३६ मिटर उचाईको सन्दकपुर (सन्तपुर) क्षेत्रमा भारतले नेपाली भू–भागमा ३२ कि.मि. लामो सडक निमार्ण गरेको छ । इलाम कै जौबारी र कालपोखरीबिचको जग्गाामा पनि भारतले बिवाद खडा गरेको छ । 

३. पाँचथर जिल्लाको च्याङथापु र टिमपोखरी क्षेत्रमा भारतीयसेनाले नेपाली भुमी मिचेका छन् । पाँचथरको चिवा भञ्ज्याङमा भारतीयहरुले नेपाली भुमि मिचेर स्याङचुरी निमार्ण गरेको छ ।

४. ताप्लेजुङ जिल्लाको फालेलुङ क्षेत्रको नेपाली भु–भाग मिचेर सिक्किमको वन संरक्षण गरेका छन् । भारतपट्टी वन आरक्षण गरेपछि सिक्किमका वस्तु नेपालमा चर्न थालेका छन् । फालेलुङपारि सिक्किमतर्फको वन संरक्षण गरेर नेपालपट्टीको भु-भागमा पशु चरण बनाएका छन् । त्यहाँ चरण चोरी गर्दछन् र जडीबुटी पनी लाने गर्दछन् । सुरक्षा बलका कारण नेपालीहरु असुरक्षित ठानि नेपालतिर पछि सर्दे आएका छन् । नेपालीहरु पछि हट्नाले भारतीयहरुको हेप्ने मनोवल बढेको छ । 

नेपालीहरु भारतीयहरुको भयले नेपालतिर चापिदैँ गएपछि नेपाली भूमि अतिक्रमण गर्न सहज भएको छ । भारतले सिघिला पार्क निमार्ण गरेपछि कञ्चनजंघा तिरको १५ कि.मि. लामो बाटो नेपाली भूमि प्रयोग गरेर बनाएका छन् । यो जिल्लाको पूर्वपट्टीको मेग्नामा अतिक्रमण भएको छ । पर्यटन विकास गर्न ७३१७ मिटरम्को उचाईमा रहेको काब्रु पहाडलाई पनि भारतीयले प्रयोग गरिरहेका छन् ।