काठमाडौं - विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राख्न अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा अनुसन्धान अघि बढाउँदै उनीहरूलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको थियो।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले निवेदनमाथि सुनुवाइ गर्दै चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
अदालतको आदेशसँगै आयोगले अब चार दिनभित्र आवश्यक प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धानात्मक कार्य अघि बढाउनेछ।


0 comment