काठमाडौं - आँधी हेलेनले जर्जियाका केही भागहरूमा सडकहरू जलमग्न भएका छन् । त्यहाको राष्ट्रिय मौसम सेवाले आकस्मिक बाढीको चेतावनी जारी गरेको छ ।

१० लाखभन्दा बढी मानिसहरू जोखिममा रहेको समेत बताईएको छ ।

गत राति फ्लोरिडामा चौथो श्रेणीको आँधीका रूपमा आएकोआँधी हेलेन खतरापूर्ण  रहेको चेतावनी दिएका छन्।

जर्जियामा ११ जनाको मृत्यु भएको छ भने यो संख्या अझै बढ्न सक्ने चेतावनी अधिकारिहरुले दिएका छन् ।

गल्फ कोस्टमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो आँधीबेहरी मध्ये एक आँधी  हेलेन अहिले जर्जिया हुँदै टेनेसी र क्यारोलिनासतर्फ अघि बढिरहेको समाचार छ ।

फ्लोरिडामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने जर्जियामा दुई जनाको मृत्यु भएको छ ।