काठमाडौं - रसियाले आणविक हतियारको प्रयोग सम्बन्धी आफ्नै नियममा परिमार्जन गर्ने भएको छ ।

 रसियाली राष्ट्रपति भ्लादिमीर पुटीनले आणविक हतियार युक्त मुलुकको सहयोगमा आणविक हतियार नभएको मुलुकले रसियामाथि आक्रमण गरेमा आणविक आक्रमण मान्दै हतियार प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो । 

रसियासँगको युद्धमा अमेरिका लगायत पश्चिमी मुलुकहरुले दिएको लामो दूरीका क्षेप्यास्त्र रसियाभित्र आक्रमण गर्नका लागि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अनुमति मागिरहेको सन्दर्भमा रसियाली राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो । 

रसियाली सार्वभौमसत्ता विरुद्ध ड्रोन, हवाई र क्षेप्यास्त्र आक्रमण भएमा यसलाई आणविक आक्रमणका रुपमै लिइने पुटीनले बताउनुभयो ।