काठमाडौं - विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक स्वास्थ्य आपतकालीन चेतावनी जारी गरेपछि भारतमा नयाँ एमपोक्स स्ट्रेनको पहिलो केस देखिएको रोयटर्सले जनाएको छ ।क्लेड १ बी भनिने यो नयाँ भेरियन्ट अत्यधिक संक्रामक भएको जनाईएको छ ।  यो अफ्रिकामा एमपक्सको प्रकोपसँग जोडिएको छ।

भारतकव दक्षिणी राज्य केरलाका ३८ वर्षीय पुरुषमा यो स्ट्रेन फेला परेको समाचार छ । उनी हालै दुबईबाट फर्केका थिए ।पहिले मंकी पक्स भनेर चिनिने एमपक्स एक संक्रामक भाइरस हो जसले छालाको घाउलाई पीडादायी बनाउन सक्छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत अगस्टमा अफ्रिकामा मंकीपोक्स भनिने एमपोक्सलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।त्यसयता यो भाइरसको सबैभन्दा खतरनाक भेरियन्ट अफ्रिकी महादेश बाहिरका स्वीडेन, थाइल्याण्ड र पाकिस्तानलगायत देशमा फैलिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मनिषा वर्माले केरलाको मलप्पुरम जिल्लामा देखिएको एमपोक्स केस क्लेड १ को भएको पुष्टि गरेकी छिन् । ती बिरामीको अस्पतालमा उपचार भइरहेको र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र निगरानी भइरहेको अधिकारीहरूले बताएका छन्।

जिल्लाका स्वास्थ्य अधिकारीका अनुसार बिरामीका २९ जना साथी र परिवारका सदस्य र विमानमा सवार ३७ जना यात्रुको निगरानी भइरहेको बताईएको छ । तर तीमध्ये कसैमा पनि कुनै लक्षण नदेखिएको समाचार छ ।

पछिल्लो दुई वर्षमा भारतमा पुरानो क्लेड २ स्ट्रेनका कारण ३० भन्दा बढी एमपिक्स केसहरू देखा परेका छन्, जुन कम संक्रामक मानिन्छ।
यसै महिनाको सुरुमा उत्तरी हरियाणा राज्यका एक पुरुषमा एमपोक्स स्ट्रेन फेला परेको थियो।

एमपोक्स जनावरबाट मानिसमा र संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट मानिसमा सर्छ । यौन सम्पर्क, छालाबाट छालाको सम्पर्क र अर्को व्यक्तिको नजिक कुरा गर्ने वा सास फेर्ने माध्यमबाट समेत सर्छ ।