काठमाडौं - गाजा सहरको एक विद्यालयमा इजरायली हवाई हमलामा कम्तीमा २२ प्यालेस्टाइनी मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका रहेको गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायल डिफेन्स फोर्सेस (IDF) ले अल-फलाह स्कूलमा हमास कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएको छ । जसलाई इजरायलले आतंकवादी समूहले IDF सेना र इजरायल राज्य विरुद्ध आतंकवादी आक्रमणको योजना बनाउन र सञ्चालन गर्न प्रयोग गरिरहेको बताएको छ।
युद्धको समयमा बन्द गरिएको विद्यालयमा विस्थापित मानिसहरूलाई आश्रय दिईएको थियो ।

IDF ले नागरिकहरूलाई हानि पुर्‍याउने जोखिम कम गर्न कदम चालेको र हमासलाई नागरिक पूर्वाधारको शोषण गरेको आरोप लगाएको छ।

हमासद्वारा सञ्चालित सरकारी मिडिया कार्यालयले शनिबार अल-जायटौन क्षेत्रमा भएको आक्रमणमा मारिएका व्यक्तिहरूमा धेरै बालबालिका र ६ जना महिला रहेको बताएको छ।