काठमाडौं - श्रीलङ्कामा सन् २०२२ मा अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न व्यापक विरोध प्रदर्शनपछि पहिलो निर्वाचनमा नयाँ राष्ट्रपतिका लागि आज मतदान भइरहेको छ ।
आजको मतदानलाई देशलाई सुधारको बाटोमा लैजाने आर्थिक सुधारसम्बन्धी जनमत संग्रहका रूपमा हेरिएको छ ।तर कर वृद्धि, अनुदान र कल्याणमा कटौतीका कारण धेरैले अझै पनि आफ्नो गुजारा चलाउन समेत समस्या परेको छ ।
देश आर्थिक पतनबाट बाहिर निस्कन खोजिरहेको अवस्थामा यो निर्वाचनले श्रीलङ्काको पुनरुत्थानको मार्गलाई आकार दिन र त्यहाँको शासनमा घरेलु र अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापित गर्न महत्वपूर्ण हुने विश्लेषण गरिएको छ ।
श्रीलङ्कालाई आर्थिक पतनबाट उकास्न महत्वपूर्ण जिम्मेवारी पाएका राष्ट्रपति रानिल विक्रमासिंघेले अर्को कार्यकालका लागि प्रयास गरिरहेका छन् ।
पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट बाहिर निकालिएको एक हप्तापछि संसदले ७५ वर्षीय राजापाक्षेलाई नियुक्त गरेको हो ।
श्रीलङ्काको इतिहासमा आजको निर्वाचनमा तीन दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।
विक्रमासिंघे र दिसानायकेबाहेक विपक्षी दलका नेता सजिथ प्रेमदासा र अपदस्थ राष्ट्रपति नमल राजापाक्षेका ३८ वर्षीय भतिजा पनि छन् ।
0 comment