काठमाडौं - लेबनानको बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य ६६ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लेबनानको राजधानीको एक भवनमा भएको आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेको लेबनानका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
इजरायलले हिजबुल्लाहका एक वरिष्ठ कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा मारिएको जनाएको छ ।लेबनानी समूहले यस आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।
लेबनानमा वायरलेस सञ्चार उपकरणहरू एकैसाथ शृङ्खलाबद्ध रूपमा विस्फोट भएको र इजरायल र हिजबुल्लाहबीच महिनौंसम्म सीमापार गोलीबारी भएको केही दिनपछि यो आक्रमण भएको हो।
0 comment