काठमाडौं - बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपका देशहरूले चरम बाढीको सामना गरिरहेका छन्। आँधीका कारण आईतबार ७ जनाको मृत्यु भएको जनाईएको छ ।
अस्ट्रियामा उद्धारका क्रममा एक फायरम्यानको मृत्यु भएको समाचार छ । पोल्याण्ड र रोमानियामा मानिसहरू डुबानमा परेका छन् भने चेक गणतन्त्रमा धेरै मानिसहरू बेपत्ता भएका छन्।
दशौं हजार मानिसहरू विद्युत विहीन छन् । बाढीबाट प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
अस्ट्रियाको भियना वरपरको क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । पोल्याण्डमा एक व्यक्तिको बाढीमा डुबेर मृत्यु भएको छ ।
बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हंगेरी, रोमानिया र स्लोभाकियाको ठूलो भूभागमा भारी बर्षा भएको छ ।
कम्तिमा सोमबारसम्म थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको समाचार छ।
0 comment