काठमाडौं -  म्यानमारमा ठुलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको  त्यहाको  सेनाले जनाएको छ । 

बाढीका कारण  २ लाख ३० हजार भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको अधिकारीहरुले जनाएका छन् । त्यहाँको सरकार जन्टाले विदेशी सहायताको लागि अनुरोध गरेको राज्यद्वारा संचालित मिडियाले जनाएको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित भएको समाचार छ । 

घरबार विहीन भएका पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले बताएको छ।यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा आफ्नो प्रभाव पारेको छ ।