काठमाडौं - यागी आँधीको असर म्यान्मारमा देखिन थालेको छ ।
भियतनामा विगत एक साताभन्दा लामो समयसम्म यागीले विनास निम्त्याएर म्यान्मातर्फ बढेको हो ।
भियतनाममा भने आँधीको असर कम भइसकेको छ ।
उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मारका केही भूभागहरुमा यागीका कारण बाढी र पहिरोले विपत्ति निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । तीमध्ये भियतनाममा मात्र २ सय ३३ जनाको मृत्यु भएको छ ।
त्यसै गरी म्यानमामा आँधीका कारण ३६ जनाको मृत्यु भएको छ ।
अझै धेरै मानिस बेपत्ता भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
0 comment