काठमाडौं - रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले पूर्वी युक्रेनमा भएको आक्रमणमा तीन जना आफ्ना कर्मचारीको मृत्यु भएको जनाएको छ । दुई जना घाइते भएका छन् । 

युक्रेनको डोनेट्स्क शहरको उत्तरमा रहेको विरोलिउबिभका गाउँमा काठ र कोइलाको ब्रिकेट वितरण गर्ने तयारी गरिरहेका बेला आक्रमण भएको बताईएको छ । आक्रमणबाट स्थानीयहरु भने सुरक्षित रहेको बताईएको छ ।

आक्रमण कस्ले गरेको हो अझै पहिचान हुन नसकेको आईसीआरसीले जनाएको छ । 

यसअघि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिएकाहरू युक्रेनी भएको र आक्रमणका लागि मस्कोलाई दोषी ठहर गर्दै यसलाई "अर्को रुसी युद्ध अपराध" भनी प्रतिक्रिया दिएकाछ छन् ।स्पष्ट रुपमा चिन्ह लगाईएका गाडी जलेको अवस्थामा देख्न सकिन्छ जुन डोनेट्स्कको फ्रन्टलाइन क्षेत्रमा नियमित रूपमा सञ्चालन भईरहेका थिए ।

एजेन्सीका अध्यक्ष मिर्जाना स्पोलजारिकले रेडक्रसका कर्मचारीहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।