काठमाडौं - गत शनिबार आएको शक्तिशाली आँधी यागीका कारण उत्तरी भियतनाममा कम्तिमा १२७ जनाको मृत्यु भएको छ ।
अन्य ५४ जना बेपत्ता भएका अधिकारीहरूले जनाएका छन्। सो सुपर टाइफुनका कारण भियतनाममा भारी वर्षा, पहिरो र बाढी आएको छ ।
हजारौं मानिसहरू घरका छतहरूमा फसेका दृश्यहरु देखिएका छन्। केहीले सामाजिक संजाल मार्फत मद्दतका लागि आग्रह गरेका छन् ।
टाइफुन यागी भियतनाममा ३० वर्षमा सबैभन्दा शक्तिशाली आँधी हो । यसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ । वद्त अवरोध समेत भएको छ ।
हिजो बाढीले फु थो प्रान्तको फोङ चाउ पुल भत्काउदा धेरै सवारी साधनहरू नदीमा डुबेको थियो ।
0 comment