काठमाडौं - बेलायत, फ्रान्स र जर्मनीले रसियालाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै इरानमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्, ।

बेलायत र युरोपमा इरानका सबै उडानहरुमा प्रतिबन्ध लगाएको छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले लन्डन भ्रमण गरेपछि यी प्रतिबन्धहरु घोषणा गरिएका हुन् । धेरै इरानी सैन्य अधिकारीहरूलाई यात्रामा प्रतिबन्ध लगाईएको छ । 

रुसीहरूलाई छोटो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न इरानी सेनाले तालिम दिएको र उनीहरूलाई केही हप्ताभित्र युक्रेन विरुद्ध तैनाथ गर्न सक्ने विदेशमन्त्री ब्लिन्केनले बताएका छन् ।