काठमाडौं - उत्तरी भियतनाममा आएको शक्तिशाली टाइफुन यागीले एक व्यस्त पुल भत्काएको छ । फोङ चाउ पुल माथि सवार सवारी साधनहरु नदीमा खसेको छ । 

भत्किँदा दसवटा कार र दुईवटा स्कुटर रातो नदीमा खसेको छ । १३ जना वेपत्ता भएको जनाईएको छ । गत शनिबारबाट सुरु भएको टाईफुनका कारण ६० जनाको मृत्यु भएको छ।  

आँधीले भियतनामको उत्तरी भागमा विनाश मच्चाएको छ, बाढी र पहिरोले विद्युत अवरुद्ध भूएको छ । यागी अब भियतनामको पश्चिम तर्फ सर्ने र थप अवरोध सिर्जना गर्ने  अधिकारीहरूले चेतावनी दिएका छन् ।

२०३ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट २ सय ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । यो यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी हो।