काठमाडौं - फ्रान्सको राजनीतिक गतिरोध अन्त्य भएको झण्डै दुई महिनापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
७३ वर्षीय बार्नियर ईयूका पूर्व प्रमुख ब्रेक्सिट वार्ताकार हुन् . उनले सन् २०१६ र २०१९ को बीचमा बेलायत सरकारसँग वार्ताको नेतृत्व गरेका थिए।
दक्षिणपन्थी रिपब्लिकन पार्टीका एक दिग्गज उनको लामो राजनीतिक अनुभव छ ।
उनलाई संसदीय चुनावपछि देशमा केही हप्तादेखिको राजनीतिक गतिरोध अन्त्य गर्ने आशामा नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिईएको छ ।
0 comment