आफ्ना दक्षिण एसियाका छिमेकीहरुसँग मैत्रीभाव राख्न असफल मोदि अब आफुलाई अन्तराष्ट्रिय शान्ती अभियानका अभियन्ताको रुप प्रस्तुत गर्न जोडतोडले लागि परिरहेका छन् । भारतको पछिल्लो चुनावले देश भित्र मोदीको लोकप्रियतामा ह्रास देखाएपछि त्यसलाई पूर्ति गर्न उनी अन्तराष्ट्रिय क्षेत्रबाट आफ्नो लोकप्रियता वढाउने कसरत गर्दै छन् । एकातिर उनलाई रुससँगको परम्परागत सम्वन्धलाई निरन्तरता दिनु बाध्यकारी नै छ भने अर्को तर्फ अमेरिकासँगको सम्वन्धलाई मजवुत नवनाइ चीनसँग त भन्दा म के कम भनेर देखाउनु सम्भव पनि छैन उनलाई । 

हिजो ७० को दशकमा सोभियत सँघसँग २० वर्षे सामरिक सुरक्षा सन्धी गरी त्यसैको वलमा भारतले पाकिस्तानलाई टुक्राइ स्वतन्त्र बंगलादेश बनाउन र स्वतन्त्र सिक्किमलाई भारतमा गाभ्न सफल भएको थियो । भारत सोभियत संघले लगाएको त्यो गुण बिर्सने अवस्थामा छ्रैन । अर्को तर्फ सन् १९६२ को लडाइमा चीनसँग लज्जाजनक किसिमबाट हार ब्यहोर्नुपरेको पिडा भारतले आजसम्म बिर्सन सकेको छ्रैन । 

चीनसँग उपयुक्त समयमा बदला लिने उद्देश्य बोकेको भारतले अमेरिकासँगको सहयोगमा आफुलाइ चीन बराबरीको आणविक शक्ति बनाउन झण्डै सफल भएको छ । भारतको धर्मशालामा दलाइलामाको निर्वाशनको सरकार लगातार चलाउन दिइ राख्नु र पछिल्लो समय अमेरिकाको नक्कल गर्दै ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा ब्यवहार गर्न शुरु गर्नुले भारतले आफुलाई चीन बराबरीको शक्ति ठान्न थालेको प्रष्टै देखिएको छ । 
हिन्द प्रशान्त रणनीतिमा अमेरिकी खेमामा उभिएको भारतले युक्रेन रुस युद्धमा आफुलाइ तटस्थ राख्नु अनि युद्धरत दुवै देशहरुमा भ्रमण गरेर विश्व शान्तिमा भारतले योगदान दिन सक्तछ भनेर देखाउन मोदि लागि परिरहेका छन् । 

भारतले आर्थिक विकासमा छलाङ्ग मारेकै कारण यसले जी सेभेन भित्र बेलायतलाई पछि पारेको र जी ट्वेन्टी को सम्मेलन भारतमा सफलताका साथ आयोजना गरे पश्चात् देशभित्र गुम्दै गइरहेको लोकप्रियता विदेशबाट आयात गर्न केहि हदसम्म मोदि सफल रहेको देखिन्छ । के भारतले रुसको साथ छाडेर अमेरिका र पश्चिम यूरोपको साथ खोजेको हो त भन्ने कुरा चलिरहेकै बेला अमेरिकाले भारतलाई नेटोमा संलग्न गराउने प्रस्ताव अघिसारेको छ । प्रस्ताव स्वीकारांै रुस भड्किने नस्वीकारौ चीनलाई विखण्डन गरी नेपाल लगायत दक्षिण एसियाका देशलाई अखण्ड भारतमा गाभ्ने योजना पुरा नहुने, दोधारमा छन मोदि । 

एकातर्फ रुस र उत्तर कोरिया अमेरिकालाई टक्कर दिने भनेर सुरक्षा सन्धी (Pact) गर्न सफल भएका छन भने अर्को तर्फ चीन र माल्दीभ्सले हिन्द महासागरमा भारतीय विस्तारवादलाई ठेगान लगाउन अर्को त्यस्तै सुरक्षा Pact गर्नुले मोदिको निद हराम भएको छ । माल्दीभ्स चीन सुरक्षा सन्धि अनुरुप माल्दीभ्सको सुरक्षार्थ यसको समुद्रि तटमा चीनको विशाल सामुद्रिक युद्धपोत तैनाथ हुनुले मोदिको मात्रै नभै अमेरिकाको मुटुमा पनि ढ्यांग्रो वजिरहेको छ । 

रुस र युक्रेन युद्ध रोक्न आयोजना भएको स्वीजरलैण्ड शिखर सम्मेलनमा सहभागी भएको भारत अब त्यस्तै सम्मेलन भारतमा आयोजना गरी विश्व शान्तीको अभियानमा भारतको भूमिका निर्णयकारी हुन सक्तछ भनेर देखाउन खोजिरहेको अवस्था छ अहिले । 

स्वीटेजरलैण्ड सम्मेलनमा रुसको सहभागिता नहुनु अनि चीनलाई निम्तानै नगर्नुले त्यस सम्मलेनको प्रभावकारितामा प्रश्न उठिरहेको सन्दर्भमा भारतमा मोदिको अगुवाइ हुने भनिएको अर्को विश्व शान्ती शिखर  सम्मेलन (Global South) मा के मोदिले सि जिन पिंग र भ्लादिभिर पुटिनलाइ सहभागी गराउन सक्लान त ? सान्घाइमा भएको Shanghai Cooperation Organisation (SCO) मिटिंगको अवशर युद्ध समस्याको निकाश होइन भनेर पुटिनलाई सम्झाउने मोदि आफ्नो विश्व शान्ती अभियानमा सफलहुन सकेनन भने विदेशबाट आयात गर्न खोजिएको लोकप्रियताले देश भित्र खस्कदै गएको लोकप्रियता झनै तल झर्ने निश्चित छ ।  

नेपालको कालापानी ब्यास क्षेत्र हडपेको हडपै गर्ने रणनीति भारतले लिउञ्जेल भारतको अन्तराष्ट्रिय छवीमा ग्रहण लागिनै रहनेछ । भारत नेपाल सम्बन्ध कुनै हालतमा पनि राम्रो छ भन्ने आधार देखिदैन । दक्षिण एसियाका राष्ट्रहरुमा भारतको संवन्ध धेरै राम्रो भनेको भुटानले पनि चीनसंगको सानिध्यता खोजिरहेको परिप्रेक्ष्यमा भारत दक्षिण एसियामा एक्लिैद छ । कठमूल्ला हिन्दु राष्ट्रवाद र क्षेत्रिय विस्तारवादी ब्यवहारको कारण घरमा र छिमेकमा दुवैमा मोदि प्रतिको आकर्षण विकषर्णमा रुपान्तरण भइरहेको बेला अन्तराष्ट्रिय शान्ती अभियानको नेतृत्व गर्छु भन्नु डिंग हाक्नु वाहेक के हुन सक्ला र ? यो अन्तत कतै मोदिको न कुखुराको न हाँसको चाल हुने त होइन ?