काठमाडौँ — स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सुरु भएको छ । उप निर्वाचन हुने स्थानीय तहहरुमा उम्मेद्धारी मनोनयनको काम सुरु भएको हो । 
निर्वाचन आयोगले जनाए अनुसार आइतबाट बिहान १० देखि साझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ विभिन्न स्थानीय तहमा गरी उपनिर्वाचन ४४ पदमा हुँदैछ । 

दर्ता गर्ने क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राप्रपाले मनोनयन दर्ता गर्यो । एक अध्यक्ष पदका लागि राप्रपाका प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गरेको स्रोतले बताएको छ ।  
त्यसैगरी अध्यक्ष पदका लागि रास्वपाका आशा वीर बलले पनि मनोनयन दर्ता गरेका छन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा गई मनोनयन दर्ता गरेका हुन । 

कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार डा.नवरथ कुमार बानियाँले उम्मेदवारी दर्ता गराए । आइतबार उम्मेदवारी दर्ता गर्दै बानियाँले दलीय उम्मेदवारले चुनाव जित्दा बेथिति र निराशा बढाएको भन्दै आफूले उक्त बेथिति र निराशा चिर्न उम्मेदवारी दर्ता गराएको बताए ।  
कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति) का  दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका छन । 
काठमाडौँ १६ मा हुने उपनिर्वाचन अन्तर्गत एमालेले यो वडामा नेकपा एमालेले बाट लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ कामनपा १६ मा उम्मेदवार छिन । उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।