काठमाडौं - नेकपा एमालेले भारतीय पत्रिका द हिन्दु पत्रिकालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेको भन्दै नेकपा एमालेले कडा निन्दा गरेको छ ।
भारतीय पत्रिका ‘द हिन्दु’ पत्रिकाका लागि अध्यक्ष प्रचण्डले दिएको अन्तरवार्तामा ‘चाइना कार्ड’ बारे अभिव्यक्ति दिएका थिए ।
नेकपा एमाले परराष्ट्र विभागका प्रमुख रघुवीर महासेठले आज विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न समेत भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड’प्रयोग गरी चीन भ्रमणको निर्णय गरी अपरिपक्वता देखाएको भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको कुरा उल्लेख गरिएको छ ।
0 comment