काठमाडौं - रुसले युक्रेनको पोल्ताभा शहरमा गरेको मिसाइल आक्रमणमा ४१ जनाको ज्यान गएको छ। 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसले २ वटा मिलाइल आक्रमण गरेको पुष्टी गर्नुभएको छ ।

पोल्ताभा शहरमा २ वटा शैक्षिक संस्था र एउटा अस्पतालमा आक्रमण हुँदा मानिसहरु हताहती भएको राष्ट्रपति जेलेनेस्कीलाई उद्दत गर्दै बिबीसीले जनाएको छ। 

सो आक्रमणमा करिव २ सय जना मानिसहरु घाइते भएका छन । 

पोल्ताभाका गभर्नरले यो निकै भयानक र पोल्ताभाका जनताका लागि दुखको समय भएको भन्दै रक्तदानमा सहभागी हुन अपिल गर्नुभएकोछ ।

उता रुसले भने युक्रेनी सेनाको तालिम केन्द्रमा मिसाइल आक्रमण भएको दावी गरेको छ ।

 आक्रमणबाट सबै  सैनिक क्याडेटहरुको मृत्यु भएको र उनीहरु रुससँगको युद्धमा आईटी र युद्ध क्षमतासम्बन्धी तालिम दिने विज्ञहरु भएको भनाइ रुसको छ। 

तर यसको पुष्टी नभएको बिबीसीले जनाएको छ।।